होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसले नेविसंघलगायत भ्रातृ संस्थालाई पूर्णता नदिएको विरोधमा विद्यार्थीहरूले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन्।
नेपाल विद्यार्थी संघको वैधानिक पूर्णताका लागि भन्दै नेविसंघका कोइराला समूहका विद्यार्थीले प्रदर्शन गरेका हुन् ।विद्यार्थी दिनेश शाहीका अनुसार साउन मसान्तभित्र रिक्त रहेका भातृसंस्था गठन गर्ने र पूर्णता दिन बाँकी रहेका भातृसंस्थालाई पूर्णता दिने पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न र कोइराला पक्षसँग सल्लाह गरेर विधान अनुसार भातृसंस्थाको गठन गर्नका लागि दबाव दिन प्रदर्शन गरिएको हाे।
भ्रातृ संस्थालाई पूर्णता दिँदा कोइराला पक्षसँग पनि समन्वयन गरिनुपर्ने उनीहरूको भनाइ छ।