ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेस नेताहरूको सुझाव:दलहरूको क्षमताका आधारमा सिट बाँडफाँड गर्नुपर्छ

नेपालगाथा २०७९ श्रावण २३ गते सोमबार १४:२५:४७ मा प्रकाशित

काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा दलहरूको क्षमताका आधारमा सिट बाँडफाँड गर्नुपर्ने पक्षमा कांग्रेस नेताहरू देखिएका छन्। 

कांग्रेसले मंसिर ४ गतेको निर्वाचनका लागि हुन लागेको तालमेलमा १६५ सीटको बाँडफाँट कसरी गर्ने भन्नेबारेमा आन्तरिक छलफल थालेको छ । सोमबार प्रधानमन्त्री निवास भएको छलफलमा कार्यदलमा रहेका कांग्रेसका नेताहरू पनि सहभागी थिए ।

बैठकमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले भने यसबारे केही बोलेनन् । नेताहरुले भने २०७४ को चुनाव र वैशाख २०७९ मा भएको स्थानीय चुनावलाई आधार बनाएर सिट बाँडफाँट गर्नुपर्ने धारणा राखेका थिए ।

स्रोतका अनुसार गठबन्धन गर्दा कांग्रेसले १०६ सीट जित्ने अवस्था रहे पनि सुरुमै ६०/४० को कुरा गरेर आफ्नो पोजिसन कमजोर पारेकोमा केही नेताले असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top