ट्रेण्डिङ

होमपेज / राजनीति

मीन विश्वकर्मा भन्छन्- विकृति र विसंगतिको चाङमा उभिएका प्रधानन्यायाधीशलाई निलम्बन गरिएको छ, महाभियोग प्रस्ताव पास गरियोस्

नेपालगाथा २०७९ श्रावण २२ गते आइतबार १५:४८:४० मा प्रकाशित

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको कांग्रेसका सचेतक मीन विश्वकर्माले न्यायपालिकामा विकृतिको चाङ लगाउने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाइएको बताएका छन् । 

राणाविरुद्धको महाभियोग प्रस्तावमाथि आइतबारदेखि जारी छलफलमा भाग लिँदै विश्वकर्माले उनीविरुद्ध सदनमा भन्दा पनि पहिले सडकबाट प्रश्न उठेको बताए। 

‘विलम्ब भयो, हामी कहाँ गुनासो यही छ । विलम्ब भएको हामीलाई पनि लागेको छ,’ उनले भने, ‘विलम्बको कारण के हो ? नौ महिनासम्म संसद् अवरोध भयो, त्यसपछि लगत्तै बजेट आयो, त्यसपछि चुनावमा जानुपर्‍यो । सहमति खोजौँ भन्ने प्रयास गर्‍यौ । त्यही प्रयासबाट महाभियोग प्रस्ताव सिफारिस गठन गर्न सफल भयौँ ।’

विश्वकर्माले जबरामाथिको महाअभियोग समयमै अगाडि बढ्न नसक्नुमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नै जिम्मेवार भएको आरोप 

प्रतिक्रिया

सम्बन्धित खवर

Top