ट्रेण्डिङ

होमपेज / राजनीति

हरिबोल गजुरेलले भने:एमालेले चोलेन्द्रलाई बचाउन खोजिरहेको छ

नेपालगाथा २०७९ श्रावण २२ गते आइतबार १५:०७:१६ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बचाउन चाहेको बताएका छन् ।

‘जनताले बुझिसके, चोलेन्द्रलाई छिटो भन्दा छिटो बिदा गरौं भनिरहेका छन् । यहाँ सदनमा दलगत रुपमा विभाजित हुने, यस्तो कुरामा पनि जिब्रो चपाउने ?’ प्रतिनिधि सभामा महाअभियोग प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले भने, ‘प्रतिपक्ष आज जिब्रो चपाएर बोलिरहेको छ । प्रतिपक्ष चोलेन्द्रलाई जोगाउन चाहिरहेको छ । सिधै बोल्दा जनताले बुझ्लान भनेर जिब्रो चपाएर बोलिरहेको छ ।’

प्रधानन्यायाधीश जबराका सम्पूर्ण गतिविधिहरू र त्यसका परिणाम राष्ट्रले देखेको र भोगेको सांसद् गजुरेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top