ट्रेण्डिङ

होमपेज / राजनीति

डा. भट्टराई भन्छन्–विचार मिल्नेसँग गठबन्धन गर्छाैं

नेपालगाथा २०७९ श्रावण २१ गते शनिबार १५:०३:३१ मा प्रकाशित

काठमाडौं । नवगठित नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी, नेपाल (जसपा) जातीय/क्षेत्रीय संकीर्णताको बाटोमा पतन हुने अवस्था आएपछि नयाँ पार्टी पुनर्गठन गरेका बताएका छन् । 

भट्टराईले आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा विचार मिल्ने शक्तिसँग चुनावी तालमेल र गठबन्धन गर्नुपर्ने बताएका छन् ।  जनता समाजवादी पार्टीबाट अलग भएर नेपाल समाजवादी पार्टी गठन भएपछिको पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै भट्टराईले आगामी चुनावी रणनीति तय गर्नुपर्ने बताएका हुन् । 

नेता भट्टराईले आफ्नो पार्टीले समावेशिता, संघीयता, सुशासन, समृद्धि र समाजवादको लक्ष्य प्राप्त हुन सक्छ भन्ने मान्यता अघि सारेको उल्लेख गर्दै त्यसलाई पूरा गरी मुलुकको वैकल्पिक राजनीतिक शक्ति बन्ने विश्वाससमेत व्यक्त गरे । 

भट्टराईले नेपालको राजनीतिमा अझै धेरै प्रयोग गर्न बाँकी रहेको बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top