ट्रेण्डिङ

होमपेज / राजनीति

प्रकाशमानले भने :नम्बर वान म्यान भएर काम गर्ने मौका पाएँ भने इमानदार नेताले कसरी काम गर्छ देखाइदिन्थेँ

नेपालगाथा २०७९ श्रावण २१ गते शनिबार १४:२४:०८ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन् । 

शनिबार काठमाडौंमा गुह्वेश्वरी बाल शिक्षा माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहमा उनले फर्स्ट म्यान बनेर देशको विकास गर्ने इच्छा व्यक्त गरेका हुन् ।आफूले पार्टी र सरकारमा रहेर विभिन्न तहमा रही काम गरेको अनुभव रहेको बताउँदै अबको चाहना प्रधानमन्त्री बनेर देशको सेवा गर्न चाहेको उनले बताए ।

‘मलाई साथ दिए, मौका पाएँ भने, …तल्लो स्तरदेखि माथिल्लो स्तरका पार्टीका निकायमा बसेर काम गरिसकेको छु । नम्बर वान म्यान भएर काम गर्ने मौका पाएँ भने मैले राम्रो असल नियत भएको, लोभ नभएको, नेताहरु ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुने रहेछ भन्ने कुरा म देखाउन चाहन्छु’ उनले भने ।

नेता सिंहले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अहिले रोइरहेको टिप्पणी गरे । उनले नेकपा एमालेले बहुमत ल्याएर सत्तामा जाँदासमेत काम गर्न नसकेको आरोप लगाए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top