होमपेज / राजनीति
काठमाडौं । प्रतिनिधि सभाको भोलिको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोगबारे छलफल हुने भएको छ ।
संघीय संसद्का महासचिव डा. भरतराज गौतमले आज जारी गरेको सूचनामा महाअभियोग प्रस्तावमाथि छलफल गर्ने विषय संसद् बैठककाे सम्भावित कार्यसूचीमा राखिएको छ ।
“०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङ्गले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम प्रस्तुत गर्नुभएको प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने छ,” सम्भावित कार्यसूचीमा उल्लेख छ ।