ट्रेण्डिङ

होमपेज / राजनीति

मोहन वैद्य र बाँस्तोलाबीच पार्टी एकता गर्ने सहमति

नेपालगाथा २०७९ श्रावण २० गते शुक्रबार ११:१२:३३ मा प्रकाशित

काठमाडौं ।  मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले पार्टी एकता गर्ने भएका छन्।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’बीच भएको वार्तापछि पार्टी एकता गर्ने सहमति जुटेको हो । शुक्रबार बिहान बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन संयोजन समिति गठन पनि गरेको छ।

वैद्य र बाँस्तोलाले संयुक्त रूपमा वक्तव्य जारी गर्दै एकता प्रक्रियामा सामेल हुन पार्टी संगठन र नेता–कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top