होमपेज / राजनीति
काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
पाँच दलीय सत्ता गठबन्धनको बैठक आज बसेकाे हाे। बैठक बिहान साढे नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएकाे हाे।
बैठकपछि चुनावमा पनि गठबन्धन कायम नै रहने घोषणा गर्ने तयारी रहेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभा र प्रतिनिधिसभा चुनाव आगामी मंसिर ४ गते गर्ने घोषणा गरेको थियो।
सत्ता गठबन्धनका एकजना नेताले आजको बैठकमा चुनावी तालमेल, सिट बाँडफाँट र चुनावी रणनीतिका विषयमा छलफल हुने बताए ।