ट्रेण्डिङ

होमपेज / राजनीति

आजदेखि आगामी निर्वाचनका लागि मतदाता नामावली संकलन नहुने

अद्यावधिकको काम सुरु

नेपालगाथा २०७९ श्रावण २० गते शुक्रबार १०:२३:१२ मा प्रकाशित

काठमाडौं । आजदेखि आगामी निर्वाचनका लागि मतदाता नामावली संकलन नहुने भएको छ । 

सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन आगामी मंसिर ४ गते गर्ने निर्णय गरेपछि आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो ।गत असार १ गतेदेखि आगामी प्रदेश र संघलाई लक्षित गरेर आयोगले मतदाता नामावली संकलन थालेको थियो ।  

निर्वाचनको मिति घोषणा भएकाले अब त्यो काम स्थगित गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।मतदाता नामावलीबाट मृतक मतदाताको नाम हटाएर अद्यावधिक गर्ने काम पनि आजैदेखि सुरु हुने आयोगले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top