ट्रेण्डिङ

होमपेज / राजनीति

प्रहरी समायोजनको माग गर्दै मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्ध आन्दोलन गर्ने

नेपालगाथा २०७९ श्रावण १८ गते बुधबार ११:३०:२१ मा प्रकाशित

जनकपुरधाम । प्रहरी समायोजनको माग गर्दै मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।

मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत साहले आज पत्रकार सम्मेलन गरी साउन २२ गते प्रदेश प्रमुखमार्फत् केन्द्र सरकारलाई ज्ञापनपत्र पठाएर प्रहरी समायोजनका लागि एक साताको ‘अल्टिमेटम’ दिने बताए ।

सातदिने ‘अल्टिमेटम’सहितको ज्ञापनपत्रपछि पनि प्रहरी समायेजन नगरिए संर्घषका थप कार्यक्रम सार्वजनिक गरिने उनले चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top