ट्रेण्डिङ

होमपेज / राजनीति

मेरो घरमा बम हानियो, प्रहरी भन्छ– पटाका हो:सांसद रेणुका गुरुङ

नेपालगाथा २०७९ श्रावण १७ गते मंगलबार १६:४९:१६ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की सांसद रेणुका गुरुङले मंगलबार प्रतिनिधि सभा बैठकमा आफूलाई लक्षित गरी बम प्रहार भएको बताइन्।

नले सुरक्षाको कारण देखाउँदै आजीवन निजी सुरक्षाकर्मीको व्यवस्था गर्न गृहमन्त्री र सरकारसँग माग गरिन् ।आफूलाई लक्षित गरी आफ्नो घरमा बम प्रहार भएपछि प्रहरीमा खबर गरेको सांसद गुरुङको भनाइ छ। 

“मेरो देशलाई शिरमा बोकेर हिँड्ने म नेपाल आमाकी छोरी हुँ । मैले जिन्दगीभर देश र समाजको लागि सेवा गरेबापत मसँग प्रशंसापत्र र प्रमाणपत्रको थुप्रो छ । हिजो राति ८ बजेर २५ मिनेट जाँदा मैले देशलाई माया गरेको मन नपराउने देशद्रोहीहरूले मेरो घरको गेटभित्र बम पड्काए । घरका सबै आतंकित भए । झ्याल खोलेर हेरेँ, दुईजना लोग्नेमानिस मोटरसाइकलमा गएको देखेँ । तर, अँध्यारो भएकोले चिन्न सकिनँ,” उनले भनिन्, “महाराजगन्जको थानाको नम्बर खोजेर फोन गरेँ । माननीय गृहमन्त्रीलाई फोन गरेँ, फोन उठेन । प्रहरी आएपछि म पनि आँगनमा ओर्लिएँ । कम्पाउन्डभित्र रकेट बमको खोल भेटियो, जुन प्रहरीले लिएर गएको छ । त्यसपछि माननीय उपसभामुख पुष्पा भुसाललाई फोन गरेँ, सान्त्वना दिनुभयो ।”

उनले थपिन्, “अतः म संघीय सांसद र कार्यपालिकाको सदस्य भइसकेकाले म र मेरो घर परिवारको सुरक्षार्थ पूर्वराज्यमन्त्रीले पाउनुपर्ने अनिवार्य पीएसओको आजीवन व्यवस्थाका लागि गृहमन्त्री र नेपाल सरकारसँग माग गर्दछु ।”

प्रहरीले पहिले नै पटाका मात्रै हो भनेर ‘क्लियर’ गराएको बताए पनि सांसद गुरुङले भने आफ्नो ज्यानमाथि नै खतरा भएको भन्दै मंगलबार संसद् बैठकमै उक्त घटनालाई उठाइन्। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top