होमपेज / राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन घोषणापछि सरकार पनि विघटन गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले सो प्रस्ताव गरेका हुन् ।फेसबुकमा स्टाटस लेख्दै लिङदेनले निर्वाचन घोषणापछि संसद्लाई निरन्तरता दिन नहुने उल्लेख गरेका छन् ।
मंगलबार उनले फेसबुकमा लेखेका छन्, ‘निर्वाचन घोषणापछि पनि संसदलाई निरन्तरता दिने होइन बरु निर्वाचन स्वतन्त्र, निष्पक्ष होस् भन्नका लागि सरकार समेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गर्नु उपयुक्त हुन्छ ।’