होमपेज / राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेतालाई कारबाहीका लागि पत्र पठाएको भन्दै आपत्ति जनाएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद विशाल भट्टराईले सरकारले शान्तिप्रक्रियामा आएर प्रतिस्पर्धात्मक गतिविधिमा सहमति जनाइसकेको दललाई पुनः शान्तिप्रक्रियाबाट बिथोलेर जनतामा त्रासको वातावरण फैलाएको आरोप लगाए।
विप्लव र विप्लव नेतृत्वको पार्टीका नेता/कार्यकर्ताहमाथि लागेका/लगाइएका मुद्दा फिर्ता लिनु पर्ने मागमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकै ठाउँमा उभिएका छन् ।सांसद भट्टराईले हिंसाको बाटो रोजेको विप्लव र सीके राउतको पार्टीलाई शान्तिपथमा ल्याउन तत्कालीन केपी शर्मा शर्मा नेतृत्वको सरकारले धेरै मिहिनेत गरेको भन्दै यसलाई अहिलेको सरकारले पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।