ट्रेण्डिङ

होमपेज / राजनीति

मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै

निर्वाचन मिति घोषणा होला?

नेपालगाथा २०७९ श्रावण १६ गते सोमबार ०९:५५:०१ मा प्रकाशित

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ ।

एक मन्त्रीका अनुसार बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएकाे छ।सरकार चुनावको मिति घोषणा गर्ने तयारीमा रहेको छ ।सोमबारको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोक्ने सम्भावना रहेको छ। निर्वाचन आयोगले निर्वाचनका लागि मिति तोक्न ढिला भइसकेको बताउँदै आएको छ।

निर्वाचन आयोगले आउँदो मंसिर २ गते गर्ने गरी प्रदेश र प्रतिनिधिसभाको मिति प्रस्ताव गरेको छ ।आयोगले प्रस्तावित गरेको मिति ५ मंसिरलाई प्रधानमन्त्री देउवाले नमानेर ४ मंसिरमा सार्ने तयारी भएको थियो । सोही तयारी अनुसार आयोगले आफ्नो कार्ययोजना बनाइरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top