ट्रेण्डिङ

होमपेज / राजनीति

अर्थमन्त्री शर्माले लिए शपथ

नेपालगाथा २०७९ श्रावण १५ गते आइतबार १८:३३:१६ मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ उनले सितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि २२ असारमा संसदीय छानबिन समिति गठन भएको थियो । शर्माले त्यसै दिन राजीनामा दिएका थिए ।

करका दर हेरफेर आरोपमा संसदीय छानबिन समितिले दोषमुक्त गरेपछि फेरि अर्थमन्त्री बनेका जनार्दन शर्मालाई स्वागत गर्न अर्थ मन्त्रालयका कर्मचारीले तयारी गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top