ट्रेण्डिङ

होमपेज / राजनीति

पूर्वअर्थमन्त्री जनार्दन शर्मा फेरि अर्थमन्त्रीमा नियुक्त

नेपालगाथा २०७९ श्रावण १५ गते आइतबार १६:३९:३० मा प्रकाशित

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मा फेरि अर्थमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई आइतबार अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, 'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा श्री जनार्दन  शर्मालाई मन्त्री पदमा नियुक्त गरी हाल सम्माननीय प्रधानमन्त्रीज्यूले सम्हाली आउनुभएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी  नियुक्ति एवं कार्यभार तोक्नु भएको छ ।'

संसदीय छानबिन समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको प्रतिवेदन दिएपछि प्रधानमन्त्री देउवाले उनलाई पुन: अर्थमन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top