होमपेज / राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा अर्थमन्त्रीमा फर्कने भएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् ।प्रचण्डकाे प्रस्तावप्रति प्रधानमन्त्री देउवा सकारात्मक रहेकाेले सम्भवत: शर्माले आजै अर्थमन्त्रीकाे शपथ खाने सम्भावना छ ।
बजेट भाषणको अघिल्लो रात अनधिकृत मानिसहरुलाई अर्थ मन्त्रालयभित्र लिएर राजस्वका दर हेरफेर गरेपछि विवादमा आएका उनले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।
संसदीय विशेष छानबिन समिति गठनपछि असार २२ गते पदबाट राजीनामा दिएका शर्माले पुनः सरकारमा फर्किनकै लागि पुल्चोकस्थित मन्त्री क्वार्टरसमेत छाडेका छैनन्।