होमपेज / राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा निर्दोष रहेको प्रमाणित भएको बताएका छन्।
‘संसदीय छानबिनका लागि १० दिनको टाइम दिइयो,’ प्रेस सेन्टर बैठकमा कार्यक्रममा शुक्रबार प्रचण्डले भने, ‘७ दिन थपियो । आज छानबिन समितिले प्रतिवेदन बुझायो, उहाँ निर्दोष हुनुहुन्छ । प्रमाणित भइसक्यो ।’
बैठकमा अध्यक्ष दाहालले तत्कालै समाजवादी केन्द्र निर्माणको कुनै सम्भावना नभएको उल्लेख गरे।