ट्रेण्डिङ

होमपेज / राजनीति

तत्काल समाजवादी केन्द्र बन्दैन:प्रचण्ड

नेपालगाथा २०७९ श्रावण १३ गते शुक्रबार १८:५८:४८ मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् ।

शुक्रबार माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टरको केन्द्रीय कमिटी बैठकमा उनले समाजवादी केन्द्रबारे पार्टी कमिटीमा छलफलसमेत नभएको बताए । केही नेताहरूले समाजवादी केन्द्र बनाउने विषयमा कुरा उठाएको भए पनि बैठकमा भने त्यो विषयमा छलफल नभएको प्रचण्डको भनाइ थियो। 

“भ्रम नहोस् । तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन । बन्ने छैन । केही साथीहरूले कुरा उठाउनुभएको हो । तर, पार्टीको बैठकमा समाजवादी केन्द्र तत्काल बनाउने भन्ने कुरा भएको छैन । होइन,” उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top