ट्रेण्डिङ

होमपेज / राजनीति

संसदीय समितिको निष्कर्ष :अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको पुष्टि भएन

कहाँ चुक्यो छानबिन समिति ?

नेपालगाथा २०७९ श्रावण १३ गते शुक्रबार १५:४९:५५ मा प्रकाशित

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को आर्थिक विधेयक (बजेट) निर्माणका अनधिकृत व्यक्तिको संलग्नता प्रकरणमा छानबिन गर्न गठित समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ। 

समितिका सभापति लक्ष्मणलाल कर्णले समितिको प्रतिवेदन शुक्रबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा पेस गरेका हुन् ।प्रतिवेदन पेस भएपछि प्रतिनिधि सभा बैठक भने स्थगित भएको छ।छानबिन समितिले अनधिकृत व्यक्तिले बजेटमा करको दर हेरफेर गरेको पुष्टि नभएको निष्कर्ष निकालेको छ।समितिको प्रतिवेदनमा लेखिएको छ, ‘करका दर हेरफेरमा अनधिकृत ब्यक्तिको प्रभावको प्रसङ्ग सान्दर्भिक रहेन ।’ समितिको प्रतिवेदन केहीबेरमा संसदमा पेश हुनेछ ।

समितिको प्रतिवेदनमा भने प्रमुख प्रतिपक्षी दल एमालेका सांसद (सदस्य)हरुले भने असहमति जनाएका छन्। १७ दिन लगाएर गरिएको छानबिनपछि बनाइएको प्रतिवेदनले भने कसैको चित्त बुझाउन सकेको छैन ।

सिसिटिभी फुटेज र कर्मचारीहरूसँगको बयान लिँदा जेठ १४ गते अनधिकृत व्यक्तिको अर्थ मन्त्रालयमा प्रवेश पुष्टि नभएकाले पूर्वअर्थमन्त्री जनार्दन शर्माको संलग्नतामा करका दर हेरफेर भएको पुष्टि नहुने समितिको ठहर छ।कुनै पनि ठोस प्रमाण नभेटिएको भन्दै प्रतिवेदनमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई क्लीन चिट दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top