होमपेज / राजनीति
काठमाडौं । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश सम्बन्धमा एमालेका माग बमोजिम गठन भएको संसदीय छानबिन समितिले शुक्रबार दिउँसो ३ बजे सभामुख अग्नि सापकोटालाई प्रतिवेदन बुझाएकाे छ।
बिहीबार प्रतिवेदन लेखन कार्य पूरा भएपछि समितिले शुक्रबार दिउँसो समिति सभापति लक्ष्मणलाल कर्णले सभामुख सापकोटालाई बुझाएका हुन् ।करका दर हेरफेर गरेको भनिएको आरोपमा समितिले १७ दिन लगाएर छानबिन गरेको थियो। प्रतिवेदन हस्तान्तरणमा समितिका सबै सदस्यहरू उपस्थित थिए ।
बजेटको अघिल्लो रात अर्थ मन्त्रालय प्रवेश गरेका भनिएका व्यक्तिलाई बयानका लागि समेत नबोलाई छानबिन सकिएको छ ।