ट्रेण्डिङ

होमपेज / राजनीति

एसपीपी अस्वीकार गरेको भन्दै अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग

नेपालगाथा २०७९ श्रावण १३ गते शुक्रबार १४:३२:१० मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सांसद् भीम रावलले एसपीपी अस्वीकार गरेको भन्दै अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेका छन् ।

परराष्ट्रमन्त्री नारायण खड्काले एसपीपी अस्वीकार गर्ने भन्दै कूटनीतिक माध्यमद्वारा साउन ९ गते पत्राचार गरिसकेको सदनलाई जानकारी गराएका थिए । त्यसपछि सांसदहरूले उक्त पत्र सार्वजनिक गर्न माग गरेका हुन् । यस्तै सांसद् शिवमाया तुम्वाहाम्फेले पनि पत्र सार्वजनिक गर्न माग गरिन् ।संसदमा उक्त पत्र पढेर सुनाइनुपर्ने माग सांसदहरूकाे छ ।

 सार्वजनिक गर्न सदनमा आवाज उठेपछि परराष्ट्रमन्त्री डा.नारायण खड्काले त्यसको जावफ दिएका छन् ।मन्त्री खड्काले जवाफ दिने क्रममा मन्त्रिपरिषद्ले गरेको निर्णय र मन्त्री स्वयंले सदनको रोस्टममा उभिएर बोलेको कुरालाई विश्वास गर्न सांसदहरूलाई अनुरोध गरेका छन् ।‘यसले राज्य सञ्चालन, स्वतन्त्र र स्वाधिन राष्ट्रलाई अगाडि बढाउन सघाउ पुर्‍याउँदैन,’ उनले भने, ‘मन्त्री नै आएर बोलेपछि विश्वास गर्नुपर्छ ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top