ट्रेण्डिङ

होमपेज / राजनीति

छानबिन समितिको अन्तिम प्रतिवेदन तयार:प्रमाण नभेटिएको’ समितिको निष्कर्ष

छानबिन अपूर्ण भएकाे हाे?

नेपालगाथा २०७९ श्रावण १२ गते बिहीबार २०:२९:०५ मा प्रकाशित

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले गल्ती प्रमाणित गर्ने प्रमाण नभेटिएको निष्कर्ष निकालेको छ ।

 समिति सचिवालयले तयार पारेको प्रतिवेदनमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेश गराएको ‘प्रमाण नभेटिएको’ लेखिएको छ ।सिंहदरबारमा बिहीबार बसेको समितिको अन्तिम बैठकले सहमति जुटेका विषय र सहमति जुट्न नसकेका विषयलाई समेटेर अन्तिम प्रतिवेदन तयार गरेको हो ।

समितिको अन्तिम वैठक केहीबेर अघि सिंहदरबारमा सम्पन्न भएको थियो ।खगराज अधिकारी, भानुभक्त ढकाल लगायतका एमाले सांसदहरुले आ–आफ्ना राय राखेका थिए ।बैठकपछि खगराज अधिकारीले पत्रकारहरुसँग भने, ‘प्रतिवेदनमा आ–आफ्ना कुराहरु छन् । कतिपयमा सर्वसम्मति छ । कतिपयमा छलफल नै बाँकी छ ।’

यस्तै, समितिले गरेको छानबिन आफैंमा अपूरो रहेकाले यसमा थप अनुसन्धान आवश्यक रहेको प्रतिपक्षका सांसदहरुको निष्कर्ष रहेको छ । करका दर हेरफेरका विषयमा अनधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गरेको विषयमा छानबिन गर्न प्रतिनिधिसभाले असार २२ गते समिति गठन गरेको थियो ।

 उक्त निष्कर्षमा सत्तारुढ दलबाट समितिमा रहेका सांसदहरू सहमत भए पनि एमालेका सांसदहरूले फरक मत राखेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

Top