ट्रेण्डिङ

होमपेज / राजनीति

लोकप्रिय मतका आधारमा सिट बाँडफाँट गर्नुपर्छ:नेता डा कोइराला

नेपालगाथा २०७९ श्रावण ११ गते बुधबार १४:२३:५६ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनमा गत बैशाखमा सम्पन्न  स्थानीय तह निर्वाचनमा विजयी भएको स्थान र लोकप्रिय मतलाई आधार मानी सिट बाँडफाँट गर्नुपर्ने बताउनुभएको छ  । 

नेपाल प्रेस युनियन पर्साद्वारा  आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उहाँले कांग्रेसले नेकपा माओवादी केन्द्रले भनेजस्तो आसन्न निर्वाचनमा सिट बाँडफाँट गर्न हुँदैन भन्नुभयो ।  उहाँले भन्नुभयो “सङ्घीयतालाई कार्यान्वयन गर्न प्रदेशलाई अधिकार सम्पन्न बनाउन र प्रधानमन्त्रीको नेतृत्वमा रहेको मुख्य मन्त्रीहरुको आयोगको बैठकलाई नियमित बसाइ अधिकार बाँडफाँटका मुद्दालाई आगाडि बढाउन जरुरी छ । ”रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top