होमपेज / राजनीति
काठमाडौं । संसद बाहिरका साना चार कम्युनिष्ट पार्टीले अमेरिकी सहयता परियोजना (एमसीसी) र स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी)विरुद्ध आन्दोलन घोषणा गरेका छन् ।
देशमा विद्यमान राष्ट्रिय स्वाधीनता, राजनीतिक तथा आर्थिक क्षेत्रमा बढ्दै गएको आर्थिक संकट, यसअघि विप्लव नेतृत्वको नेकपासँग दुवै सरकारले गरेको वार्ताको सहमति कार्यान्वयनलगायतका विषयमा खबरदारी गर्न आन्दोलनमा जानुपरेको उनीहरूले जनाएका छन् ।
उनीहरुले घोषणा गरेको कार्यक्रममा साउन १३ गते देशव्यापी कोणसभा घोषणा, १५ मशाल जुलुस र २१ गते प्रदेश तथा काठमाडौंमा विरोध प्रदर्शन गर्ने रहेका छन् ।