होमपेज / राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पैसा नहुने र अनेक खालका तिकदम गर्न नजाने चुनाव जित्न नसकिने बताएका छन् ।
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ९ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, “अबको निर्वाचनबाट दलाल पुँजीपति र भ्रष्टहरू मात्रै चुनिने खतरा रहेको छ । राजनीतिक दलहरूमा यसको गम्भीर छलफल हुन आवश्यक छ ।”
उनले २०६४ को चुनावमा माओवादीबाट जो उठेपनि जित्ने अवस्था रहेको बताउँदै अब त्यस्तो अवस्था नरहेको बताए ।अहिलेको निर्वाचन प्रणालीले देशलाई नराम्रो दिशातर्फ लैजाने बताए । देशको शासन प्रणाली देश अनुकुल नभएका उनकोे दाबी छ ।