होमपेज / राजनीति
सुर्खेत । करिब एक सातासम्म स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आज बस्ने भएको छ ।
प्रदेशसभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्र र सरकारको नेतृत्व गरिरहेको कांग्रेसबीच देखिएको असहमति पटक-पटकको छलफलपछि समाधान भएको छ ।बैठक आज दिउँसो ३ बजे बोलाइएको सभामुख राजबहादुर शाहीले जानकारी दिए ।
आइतबार बसेको गठबन्धनका नेताबीचको छलफलमा माओवादीले उठाएका विषयमा सम्बोधन गर्न मुख्यमन्त्री जीवनबहादुर शाही सहमत भएसँगै आज सदन सुचारु हुने बताएको छ ।