होमपेज / राजनीति
काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ ।
सरकारले नागरिकता विधेयक आज राष्ट्रिय सभामा पेस गर्ने भएको छ।नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बैठक सुरु हुनेछ ।सो विधेयक प्रतिनिधिसभाबाट पारित भइसकेको छ । राष्ट्रिय सभाबाट पारित भए राष्ट्रपति कहाँ पठाइनेछ ।
‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ लाई आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले सभा समक्ष टेबल गर्नेछन् ।