ट्रेण्डिङ

होमपेज / राजनीति

निर्वाचन आयोगले थाल्यो मतदानस्थल र केन्द्र पुनरावलोकनको काम

नेपालगाथा २०७९ श्रावण ९ गते सोमबार ०६:१३:३५ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न गृहकार्य सुरु गरेको छ ।

त्यसका लागि आयोगले १ साउनदेखि ७ भदौसम्म कार्यक्रम सञ्चालन हुने गरी ३१ असारको निर्णयअनुसार कार्यक्रम स्वीकृत गरी जिल्ला-जिल्लामा पठाइसकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

‘यसको लागि २०७९ साउन १ गतेदेखि भाद्र ७ गतेसम्म कार्यक्रम सञ्चालन हुनेगरी आयोगको २०७९ असार ३१ गतेको निर्णय अनुसार कार्यक्रम स्वीकृत गरी जिल्ला जिल्लामा पठाई सकिएको छ,’ आयोगले हिजाे एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top