ट्रेण्डिङ

होमपेज / राजनीति

सरकार देशमा नै छ कि अन्त कतै छ ?

नेपालगाथा २०७९ श्रावण ८ गते आइतबार १५:०१:२३ मा प्रकाशित

काठमाडौं ।  अमेरिकी साझेदार कार्यक्रम एसपीपीका सन्दर्भमा सरकारको निर्णय कार्यान्वयनको अवस्था र पत्र पठाएको अवस्थाकाबारेमा संसद्‌लाई जारी गराउन निर्देशन दिएको पाँच दिन बितिसक्दासमेत जानकारी नगराएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद डा भीमबहादुर रावलले आपत्ति जनाएका छन्।

 रावलले सरकार देशमा नै छ कि अन्त कतै छ ? भनेर प्रश्न गरेका छन् ।अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णय नमान्ने, सार्वभौमसत्ता सम्पन्न सदनको निर्णय पनि नसुन्ने भन्दै सरकारले कहिलेबाट कान सुन्ने श्रवण शक्ति गुमायो भन्दै प्रश्न गरे। 

“एसपीपीको सम्बन्धनमा सरकारको निर्णय कार्यान्वयनको अवस्था र पत्र पठाएको अवस्थाको सम्बन्धमा के छ भनेर यो सम्मानित सदनलाई जानकारी गराउनका लागि सम्माननीय सभामुख महोदयले निर्देशन दिनुभएको आज पाँच दिन बित्यो । सरकार कहाँ छ ? यो देशमा छ ? कि कतै छ ?,” उनले प्रश्न गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top