ट्रेण्डिङ

होमपेज / राजनीति

माधव नेपालले भने-प्रतिनिधिसभामा २० देखि २५ सिट ल्याउँछौँ

नेपालगाथा २०७९ श्रावण ७ गते शनिबार १५:३०:४० मा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले समानुपातिक निर्वाचन प्रणालीबाटै २० देखि २५ सिट जित्ने दावी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले गठबन्धनको डम्फु बजाउने काम छोडेर पार्टीको संगठन सदृढीकरणको काममा जुट्न नेता–कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने, ‘हामीले उठाएका उम्मेदवार जम्मा करिव २८ प्रतिशत थिए । तर हामीले भोट कति ल्यायौं थाहा छ ? नौ लाख २७ हजार । सबै ठाउँमा हामीले उम्मेदवार खडा गरेको भए २० देखि २५ लाख भोट पाउथ्यौं होला । २० देखि २५ लाख भोट पाएपछि २० देखि २५ सिट त हामीलाई कसैले पनि रोक्न सक्दैन नि समानुपातिकबाट । भनेपछि हाम्रो पार्टी कमजोर छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top