होमपेज / राजनीति
काठमाडौं । नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।
आज अबेरसम्म बसेको प्रतिनिधिसभा वैठकले विधयेक पारित गरेको हो ।पारितका लागि गृहमन्त्री बालकृष्ण खाँणले राखेको प्रस्ताव संसदको बहुमतबाट पारित भएको हो ।
सत्तारुढ दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी उक्त विधेयकको पक्षमा थिए । त्यस्तै प्रमुख प्रतिपक्षी नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले भने नेपाली पुरुषसँग विवाह गर्ने महिलालाई तत्काल नागरिकता दिन नहुने भन्दै विरोध जनाएका थिए ।
विधेयकमा जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई नागरिकता दिने प्रावधान राखिएको छ ।नागरिकता विधेयकमाथि शुक्रबार प्रतिनिधिसभामा भएको छलफलमा ४५ जना सांसद सहभागी भएका थिए ।