ट्रेण्डिङ

होमपेज / राजनीति

सञ्चारमन्त्री कार्कीले भने-नेपाल श्रीलंकाकै बाटोमा गइसक्यो भनी अफवाह फैलाइँदैछ, तर त्यसो हुँदैन

नेपालगाथा २०७९ श्रावण ६ गते शुक्रबार १४:०८:१९ मा प्रकाशित

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाल पनि श्रीलंकाकै बाटोमा गइसक्यो भनी अफवाह फैलाउनु गलत रहेको बताएका छन् ।

हेटौँडामा आजदेखि सुरू नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रमा बोल्दै मन्त्री कार्कीले जनतालाई देश श्रीलंकापथमा गयो भनेर अफवाह फैल्याइएको गुनासो गरे । उनले त्यो भ्रम चिर्न पत्रकारहरू लाग्नुपर्नेमा जोड दिए ।

मन्त्री कार्कीले भने, ‘नेपाल श्रीलंकाकै बाटोमा गइसक्यो भनेर जनतमाझ अफवाह फैलाइँदै छ, तर त्यसो हुँदैन । यो अफवाहलाई तपाईं पत्रकारहरुले तोड्न सक्नुपर्छ।’सरकार प्रेस स्वतन्त्रता पक्षमा सधैँ प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top