ट्रेण्डिङ

होमपेज / राजनीति

राप्रपाका चार जना नेताले पाटी छाडे

नेपालगाथा २०७९ श्रावण ३ गते मंगलबार १५:५४:४१ मा प्रकाशित

काठमाडौँ । राप्रपाका चार जना नेताले पार्टी छाडेका छन् । दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले पार्टी छाडेका हुन् । उनीहरूले अपमानित र निरीह भएर पार्टीभित्र बस्न सक्ने अवस्था नरहेको बताएका छन् ।

आज (मंगलबार) प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले आजैका मितिदेखि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको भएको उल्लेख गरेका छन् ।

उनीहरूले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता रहेकोले यो अभियानमा आफूहरू निरन्तर क्रियाशील रहने बताएका छन् । हालै राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले उनीहरूलाई स्पष्टीकरण लिएको थियो ।

गत बुधबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिलनाथसहित नेताहरूलाई २४ घन्टे स्पष्टीकरण सोधेको थियो। पार्टी हित विपरीत गतिविधि गरेको आरोप राप्रपाको थियो ।

दिलनाथसहितले अध्यक्ष लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top