होमपेज / राजनीति
काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले आफूपछिको बरियतामा रहनेगरी उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र कृष्णवहादुर महरालाई अघि सारेका छन् । शनिवारको स्थायी कमिटी बैठकमा अध्यक्षसँग दुई नेतामात्र बसेका छन् ।
महराले आफू र नारायणकाजी श्रेष्ठ दुई उपाध्यक्ष बनेको भन्दै स्थायी कमिटीले यसलाई टुंगो लगाउँने बताइएका छन् ।
विशेषगरी महासचिवमा वर्षमान पुन र जनार्दन शर्मामध्ये एउटा रोज्दा अर्को रिसाउने भय प्रचण्डमा छ । चुनाव गर्ने पक्षमा उनी छैनन् । चुनाव हुँदा देवेन्द्र पौडेल, शक्ति बस्नेतलगायतका नेताहरुले पनि महासचिवमा उम्मेदवारी दिने बताएका छन् ।
प्रचण्डले गत बिहीबारको बैठकमा आफूसँग पदाधिकारीको नाम रहेको भन्दै पढ्न बाध्य नपार्न आग्रह गरेका थिए । पदाधिकारीमा प्रस्तावित कतिपय नेतामाथि नै स्थानीय चुनावमा अन्तर्घातको आरोप लागेकाले छानबिन पर्खिन उनले गरेको आग्रह टार्ने मेलोमात्र भएको नेताहरुको बुझाइ छ ।
यदि पदाधिकारी चयनमा समस्या भएमा उनले विशेष महाधिवेशनसम्म आफू एकल पदाधिकारी भएर जाने विकल्पसमेत तयार पारेका छन् । प्रचण्डले चाँडै समाजवादी क्रान्तिको आधार तय गर्न विशेष महाधिवेशन हुने बताइसकेका छन् ।