ट्रेण्डिङ

होमपेज / राजनीति

बुढीगंगा नगरपालिका ९ को वडाध्यक्षमा ‌एमालेका सिंह दुई गुणा मतान्तरले विजयी

वडा नम्बर १ र १० मा पनि एमाले उम्मेदवार विजयी

नेपालगाथा २०७९ असार २५ गते शनिबार ०९:४६:१५ मा प्रकाशित

धनगढी । बुढीगंगा नगरपालिका वडा नं ९ मा दुई गुणा मतान्तरले ‌एमाले उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका मीनबहादुर सिंहले गठबन्धनका भरतबहादुर थापालाई फराकिलो मतान्तरले हराएका हुन् ।

थापा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार थिए । सिंहले ४९२ मत पाउँदा थापाले २९३ मतमात्रै पाएका छन् । यसअघि वडा नम्बर १ र १० मा पनि एमाले उम्मेदवार विजयी भइसकेका छन् । जारी मतगणनाअनुसार मेयर र उपमेयरमा पनि एमालेका उम्मेदवारहरुले अग्रता बनाइरहेका छन् ।

अहिलेसम्म ३,६४८ मत गणना सकिएको छ । एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाँले २,१९६ मत पाएका छन् । उपमेयर मायाकुमारी खड्का कुवँरले २,१७२ मत पाएकी छन् ।

नेपाली कांग्रेसका मेयर उम्मेदवार रंगबहादुर खातीले १,२३९ र उपमेयर रीता शाहीले १,२६२ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top