ट्रेण्डिङ

होमपेज / राजनीति

अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि समिति बनाउन सत्ता पक्ष तयार

नेपालगाथा २०७९ असार २२ गते बुधबार १५:०१:२९ मा प्रकाशित

काठमाडौं ।   बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि समिति बनाउन सत्ता पक्ष तयार भएको छ।

 सभामुख अग्निप्रसाद सापकोटाको पहलमा भएको छलफलमा दलहरुबीच संसदीय समिति गठनको सहमति जुटेको हो ।अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७८/०७९ को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै एमालेले संसदीय छानबिनको माग गर्दै आएको थियो ।

बुधबार संसद् भवनमा दलहरुको बीचमा जारी छलफलमा सत्तारुढ दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले शर्मामाथि छानबिनका लागि सहमति जनाएका हुन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top