होमपेज / राजनीति
काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।
बुधबार १ बजेका लागि निर्धारित बैठक बिहीबार ११ बजे बस्ने गरी सारिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखेपछि मंगलबार प्रचण्डले जवाफ दिने कार्यक्रम थियो ।
'नेतृत्वको टिम संसद् बैठकमा सहभागी बन्नुपर्ने भएकोले आज १ बजे निर्धारण गरिएको केन्द्रीय समितिको बैठक भोलि २०७९ असार २३ गते बिहीबार बिहान ११ बजे बस्ने भएको छ,' अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।