ट्रेण्डिङ

होमपेज / राजनीति

अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै युवा संघ नेपालले गर्याे प्रदर्शन

नेपालगाथा २०७९ असार २१ गते मंगलबार १७:१८:५३ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेनिकट युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

मंगलबार दिउँसो जुलुससहित पुगेका युवा संघ कार्यकर्ताहरुले सिंहदरवार नजिक रहेको हनुमानस्थानमा भेला भएर प्रदर्शन गरेका हुन् ।उनीहरूले अर्थमन्त्री र सरकारविरुद्ध नारा लगाएका थिए । प्रदर्शनकारीहरूले बजेट घोटाला छानबिन गर, अर्थमन्त्री राजीनामा दे लगायतका नारा लगाएका थिए ।

प्रदर्शनमा उत्रिएका युवा संघका कार्यकर्ताहरूले ‘गठबन्धनको डेटिङमा बजेट आयो सेटिङमा’ लेखिएको प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top