ट्रेण्डिङ

होमपेज / राजनीति

प्रचण्डले अर्थमन्त्रीमाथि उठेको प्रश्‍नबारे प्रधानमन्त्री र सभामुखसँग छलफल गर्ने

नेपालगाथा २०७९ असार २१ गते मंगलबार १५:२३:२४ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवादित अर्थमन्त्री जनार्दन शर्माको सेफ ल्याण्डिङको विवाद समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गर्ने भएका छन् ।

बजेट निर्माणका बेला अनाधिकृत व्यक्तिको सुझाव लिएको भन्दै शर्मामाथि निरन्तर आलोचना हुन थालेपछि यसबारे मंगलबार बिहान बसेको नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको विस्तारित बैठकमा छलफल भएको थियो ।

‘अर्थमन्त्रीबारे धेरै कुरा आएपछि अध्यक्षले प्रधानमन्त्रीसँग कुरा गर्छु भन्नु भएको छ,’ एक पूर्वस्थायी समिति सदस्यले भने, ‘बैठकमा यसबारे अरु केही छलफल भएन । धेरै कुरा पार्टीको संगठन निर्माणबारे नै भए।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top