ट्रेण्डिङ

होमपेज / राजनीति

अर्थमन्त्रीमाथि संसदीय छानबिन होस्, यो भ्रष्टाचार सामान्य होइन:ओली

नेपालगाथा २०७९ असार २० गते सोमबार १५:०६:२९ मा प्रकाशित

काठमाडौं । संसदमा प्रमुख विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रालयमा अनधिकृत मान्छे राखेर बनाइएको बजेटमा दुई-चारजना व्यापारिक घरानाको अनुहार झल्किएको भन्दै प्रधानमन्त्रीसँग जवाफ मागेका छन् ।

प्रतिनिधि सभामा सोमबार सम्बोधन गर्दै उनले बजेट निर्माणमा बाहिरिया व्यक्ति प्रवेश गरेको भन्ने विषयसँग सम्बन्धित सीसीटीभी फुटेजसमेत सार्वजनिक गर्न माग गरेका छन् ।

'यस विषयमा संसदीय छानबिन समिति बनाउँ । यसमा छानबिन हुनैपर्छ । यसरी बाहिरका बिचौलिया प्रयोग गरेर बजेट बनाउने कुरा कल्पना गर्न पनि सकिँदैन‚' प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ‌ओलीले भने,' योभन्दा बढी राष्ट्रको अर्थतन्त्र ध्वस्त पार्ने तमासा के हुन्छ ?'

दुई-चारवटा व्यापारिक घरानाले बजेट बनाएको भन्दै ओलीले प्रधानमन्त्री गठबन्धन जोगाउनेबाहेक अरु सबै कर्तव्यप्रति लाचार बनेको आरोपसमेत लगाए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top