ट्रेण्डिङ

होमपेज / राजनीति

जसपाका तीन मन्त्री फेरिए,शपथ आजै

नेपालगाथा २०७९ असार २० गते सोमबार १४:२२:०६ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् हेरफेर गरेकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा केही मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गरिएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषी तथा पशुपंक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रालयमा प्रदीप यादवलाई नियुक्त गरिएकाे छ । 

 मन्त्री बनेकाहरुको शपथ आजै हुने भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले आजै अपराह्न शपथ ग्रहण समारोह हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top