ट्रेण्डिङ

होमपेज / राजनीति

३ महिनासम्म सुरक्षित रहनुपर्ने सीसीटीभी फुटेज अर्थ मन्त्रालयले डिलिट भयो भन्न मिल्छ?

नेपालगाथा २०७९ असार १९ गते आइतबार १९:१२:०५ मा प्रकाशित

काठमाडौं । अर्थ मन्त्रालयले बजेट भाषणभन्दा अघिल्लो रातिको सिसिटिभी फुटेज मेटिएको जवाफ दिएको छ ।

बजेटमा करका दर निर्धारण गर्दा अनाधिकृत व्यक्ति र स्वार्थ समूह अर्थमन्त्रालय भित्रै पुगेर चलखेल गरेको आरोप लागेपछि उपभोक्ता हित संरक्षण मञ्चले सूचनाको हक अन्तर्गत निवेदन लेखेरै मन्त्रालयको सीसीटीभी फुटेज नै माग्यो ।

उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट जयप्रसाद पाैडेलले जेठ १४ गते रातिको सीसीटीभी फुटेज उपलब्ध गराई सूचनाको हक प्रदान गर्न निवेदन दिएका थिए । सो निवेदनको जवाफ दिँदै अर्थ मन्त्रालय योजना, अनुगमन तथा मूल्यांकन महाशाखाले भनेको छ ‘मन्त्रालयमा जडान भएको सीसीटीभीको क्षमता र जडान भएको क्यामेराको आधारमा बढीमा १३ दिनसम्मको मात्रै सीसीटीभी फुटेज अभिलेखमा रहने र तत्पश्चत पहिलेको अभिलेख क्रमश: मेटिँदै जाने भनी लेखी आएको हुँदा सोही ब्यहोरा सूचना तथा जानकारी गराइएको आदेशानुसार अनुरोध गर्दछु ।’

प्रमुख विपक्षी नेकपा एमालेले सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गर्दै संसदमा समेत आवाज उठाएको थियो । तर, अर्थमन्त्रीले सीसीटीभी फुटेज एमालेलाई किन देखाउने ? भन्दै आवश्यक ठाउँमा देखाउने बताएका थिए । फुटेजहरु अनुसनधानको सिलसिलामा नेपाल प्रहरीसहित सरकारी निकायले माग गरेमा तुरुन्त उपलब्ध गराउनुपर्ने र मनिटरिङ रुमको सबै जवाफदेहिता सम्बन्धित निकायको हुने कार्यविधिमा व्यवस्था छ ।

 यो समयमा अर्थ मन्त्रालयकै पूर्वनासुलाई बोलाएर करका दर हेरफेर गर्ने कार्यमा संलग्न गराइएको आरोप अर्थमन्त्रीमाथि छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top