ट्रेण्डिङ

होमपेज / राजनीति

आगामी चुनावसम्म हालको सत्ता गठबन्धन भत्किने एमालेको विश्लेषण

नेपालगाथा २०७९ असार १९ गते आइतबार १८:४४:२८ मा प्रकाशित

 काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी चुनावसम्म हालको सत्ता गठबन्धन भत्किने विश्लेषण गरेको छ ।

पार्टीको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वी सुब्बा गुरुङले गठबन्धनमा रहेका दलहरुबीचको आपसी अविश्वासका कारण गठबन्धन कायम हुन्छ भन्नेमा विश्वास नभएको बताए ।

उनले कांग्रेसले माओवादी केन्द्रलाई र माओवादी केन्द्रले कांग्रेसलाई आरोपहरू लगाइरहेको भन्दै यो गठबन्धन अगाडि जानेमा कुनै विश्वास नरहेको बताए । उनले भने, ‘गठबन्धनमा रहेका दलहरूमा एकअर्काप्रति अविश्वास छ, कांग्रेसले माओवादीलाई अपमानित गर्‍यो भन्ने छ । पार्टीभित्र फरक मत र गुटहरू देखापरेको छ, यो चीज हेरौँ न कसरी जाँदो रहेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top