ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम निष्कासित

नेपालगाथा २०७९ असार १८ गते शनिबार १८:५५:२२ मा प्रकाशित

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम निष्कासित भएका छन् ।

पार्टीमा आबद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीका अध्यक्षहरूले गौतमलाई निष्कासन गरेको नेता युवराज सफलले जानकारी दिए ।

गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले ११ असारमा ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा दोस्रो भेला गरेको थियो ।वामदेव नेतृत्वमा सो अभियानले पार्टीको आकार लिएको एक साता पनि पुगेको छैन ।

“एमालेमा ओलीजीले पेलेजस्तो उहाँले पनि पेल्नुभयो । हामी एकपटक छलफल गरौँ भन्दा हतारहतार पदको बार्गेनिङ गर्न जाने र उहाँहरूको पूर्वएकता टिमलाई नै कमिटीमा राख्ने व्यवहार गर्नुभयो । एकपटक बसेर छलफल गरौँ भन्दा उहाँले अहिले भेट्दिनँ भन्नुभयो । वरीयता निर्धारण गर्नु भएन । त्यसपछि आज हामीले उहाँलाई निष्कासन गर्ने निर्णय गर्‍यौँ,” युवराज सफलले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top