ट्रेण्डिङ

होमपेज / राजनीति

राजेन्द्र पाण्डेले बोलाए संसदीय दलको बैठक

नेपालगाथा २०७९ असार १७ गते शुक्रबार १८:३९:१५ मा प्रकाशित

काठमाडौं । बागमती प्रदेशमा सत्ता गठबन्धनभित्र सरकार परिवर्तनको विषय पेचिलो बन्दै गएको छ । 

वाग्मती प्रदेशको सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको बैठक आह्वान गरेको छ । संसदीय दलका नेता तथा मुख्यमन्त्री राजेन्द्र पाण्डेले शनिबार बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।

चुनावी सरकार आफ्नो नेतृत्वमा हुने ‘पूर्वसहमति’ कार्यान्वयन गर्न पाण्डेलाई कांग्रेसले दबाब दिइरहेको छ । यसमा कांग्रेसलाई माओवादी केन्द्रको पनि साथ छ । प्रदेशस्थित कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ सहमतिअनुसार आफू मुख्यमन्त्री हुनुपर्ने बताउँदै आएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top