ट्रेण्डिङ

होमपेज / राजनीति

न्यायपालिका सुधारको बाटोमा छ:दीपककुमार कार्की

नेपालगाथा २०७९ असार १७ गते शुक्रबार १४:२१:१३ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायापालिका सुधारको बाटोमा अघि बढेको बताएका छन्।

उनले न्यायपालिकामा देखिएका समस्याहरूको निदानका लागि सबैले पहल गरेर न्यायलयलाई शुद्धीकरण गरेर अघि बढ्न सकिने अवस्थामै रहेको बताए ।न्यायपालिका क्षेत्रको सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदन अनुसार काम अगाडि बढाएको कामु प्रधानन्याधीश कार्कीले बताए ।

‘न्यायपालिकामा समस्या छ, अब न्यायालयले कामै गर्न सक्दैन भन्ने कुरा आइरहेको छ । तर, वास्तवमा त्यस्तो होइन । न्यायालय कामै गर्न नसक्ने अवस्थामा पुगेको भन्ने होइन, उनले भने, ‘न्यायपालिकामा पक्कै पनि विसंगतिहरू छन्, तर हामी त्यसलाई सच्याएर अघि बढ्न तयार हुनुपर्दछ । हामी सबैको होस्टेमा हैसे भएमा हामीले न्यायालयलाई शुद्धीकरण गरेर लैजान सक्छौँ ।’

उनले काुननको प्राध्यापनका लागि अलग्गै विश्वविद्यालय स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘न्यायालय सुधारका लागि विश्वविद्यालयको पनि भूमिका हुन्छ । हामीले कानुनका विद्यार्थीलाई नैतिकताको विषयमा पनि अध्यापन गराउनु राम्रो हुन्छ । यस्तो विषयलाई पाठ्यक्रममा पनि समावेश गर्नुपर्छ कि भन्ने लागेको छ,’ उनले भने, ‘विकृति र विसंगतिको निदानका लागि हामी सबै एकताबद्ध भएर अघि बढ्यौ भने हामीले समाधान गर्न सक्छौँ । यसका लागि म सबैलाई आह्वान गर्दछु ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top