ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रियसभामा एमालेले अर्थमन्त्रीलाई गर्‍याे बहिष्कार

नेपालगाथा २०७९ असार १७ गते शुक्रबार १४:०९:११ मा प्रकाशित

 काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले राष्ट्रियसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई बहिष्कार गरेको छ ।बजेटसम्बन्धी विधेयकमा सांसदले उठाएका प्रश्नको जवाफ दिन पुगेका अर्थमन्त्री जनार्दन शर्मालाई एमालेले बहिष्कार गरेको हो । 

राष्ट्रियसभाको शुक्रबारको बैठकमा अर्थमन्त्री शर्माले बजेट आश्रित विधेयकहरू सभामा पारित गर्नका लागि पेस गर्ने कार्यसूची रहेको थियो ।तर, प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले बजेट निर्माणका क्रममा अर्थमन्त्रीले अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा छिराएर करको दायरालाई हेरफेर गरेकाले अर्थमन्त्रीको राजीनामा माग गरेको हो ।

बजेटमाथि सबैभन्दा बढी प्रश्न एमालेले नै उठाउने र जावफ दिनेबेला बैठक बहिष्कार गर्ने अभ्यास एमालेले गर्दै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top