होमपेज / राजनीति
काठमाडौं । जनता समाजवादी पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
यही असार २७-२८ वीरञ्जमा बैठक बोलाइएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।५०७ सदस्यीय जसपाको केन्द्रीय समितिमा हाल ४९९ सदस्य छन् ।अध्यक्ष उपेन्द्र यादवसँगको पछिल्लो वार्तामा सहमतिका आधारमा छुट्टिने र बाबुराम पक्षमा लागेका सांसदलाई कारबाही नगर्ने समझदारी भएको छ ।
जनता समाजवादी पार्टीमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच अलग हने विषयमा छलफल भइसकेको छ ।